१.३ सरकारको कार्य क्षेत्र र भूमिकाः
सरकारको कार्यक्षेत्रः
सरकार कुन् क्षेत्रमा सहभागी हुने र कुन् क्षेत्रलाई स्वतन्त्र छाड्ने भन्दा पनि सहभागी भएको क्षेत्रमा सरकार सक्षम, प्रतिस्पर्धी, व्यावसायिक र प्रभावकारी हुनुपर्दछ भन्ने कुरा नै प्रमुख हो । सरकारको कार्यक्षेत्र निम्नानुसार रहेका छन्ः
- शान्ति सुरक्षा र अमनचयन,
- सार्वभौमसत्ताको संरक्षण,
- परराष्ट्र सम्बन्ध,
- ठूला भौतिक पूर्वाधारको विकास,
- निजी र गैह्रसरकारी क्षेत्रको परिचालन,
- निजी क्षेत्रको विकासका लागि उत्प्रेरणा प्रवर्द्धन गर्ने,
- नियमन, अनुगमन र मूल्यांकन,
- विकासको दीर्घकालीन सोच र नीति तर्जूमा,
- सामाजिक सुरक्षा र समावेशी विकास,
- सामाजिक न्याय कायम,
- दिगो विकासका लक्ष्य हासिल,
- वातावरण संरक्षण,
- मानव संशाधन विकास,
- आर्थिक स्थायित्व कायम,
- सुशासनको प्रत्याभूति गराउने,
- गुणस्तरीय सेवामा पहुँच अभिवृद्धि गर्ने र
- अत्यावश्यक सेवाको प्रबन्ध गर्ने, आदि ।
सरकारको कार्यक्षेत्र तथा भूमिका विस्तारको आवश्यकताः
• राष्ट्र र जनताको बृहत्तर हित,
- कानून र मानव अधिकारको प्रत्याभूति,
- समन्याय, सामाजिक न्याय र समावेशीकरणको सुनिश्चितता,
- वातावरण संरक्षण,
- स्रोत साधनको कुशल व्यवस्थापन,
- लैंगिक न्याय र सशक्तिकरण,
- पछाडि परेको वर्गको उत्थान,
- सन्तुलित विकास,
- जनताको लोकतान्त्रिक अधिकारको उपभोग सुनिश्चित,
- उन्नतिशील र समृद्ध अर्थतन्त्रको विकास गर्न,
- राष्ट्रिय एकता सुदृढ पार्न ।
सरकारको भूमिकामा देखिएका समस्याहरुः
- सरकारी हस्तक्षेप बढी हुनु,
- सेवा प्रवाहमा उत्तरदायित्वको अभाव,
- सरकारी दायित्वमा अधिक परनिर्भरता,
- सरकारको कामको प्राथमिकता निर्धारणमा अस्पष्टता,
- निजी क्षेत्र र नागरिक समाजको भूमिकामा अन्यौल,
- कर्मचारीतन्त्र परम्परागत मूल्य-मान्यतामा अडिग हुनु, आदि।
सरकारको भूमिकालाई प्रभावकारी बनाउने उपायहरु (REFRI PSC):
- Regulating: उपभोक्ता अधिकार र एकाधिकार नियन्त्रण,
- Enabling: नागरिक समाज र उपभोक्ता समूहको प्रवर्द्धन,
- Ensuring: शान्ति सुरक्षा र कानूनी क्षेत्र,
- Facilitating: निजी लगानी र बजार सहजीकरण,
- Reducing: असमानता र गरिबी घटाउने,
- Improving: सेवा प्रवाह, सुशासन र साझेदारी निर्माण तथा सुधार,
- Integrating: ग्रामीण अर्थतन्त्र र सहरी क्षेत्रको विकास, विश्व अर्थतन्त्र अनुकूल अर्थतन्त्रको सहजीकरण तथा एकत्रिकरण गर्ने,
- Protecting: वातावरण र राष्ट्रिय सम्पदाको संरक्षण,
- Promoting: नागरिक समाज र निजी क्षेत्रको विस्तार,
- Stimulating: मानवीय पूँजीगत स्रोतको विकास,
- Social Security: कमजोर र असहायलाई संरक्षण,
- Control: भ्रष्टाचार र चुहावट नियन्त्रण ।