Course Content
दोस्रो खण्डः सार्वजनिक प्रशासन र व्यवस्थापन
तेस्रो खण्डः विकासका आयाम र पक्षहरु
चौथो खण्डः अर्थ व्यवस्था र सार्वजनिक वित्त व्यवस्थापन
पाँचौं खण्डः सार्वजनिक सेवा प्रवाह व्यवस्थापन र विविध
Protected: उपसचिव (प्रथम पत्र)

१.२ राज्य शक्तिको बाँडफाँड, शक्ति पृथकीकरण र शक्ति सन्तुलनः नेपालमा यसको अभ्यास

राज्य शक्तिको बाँडफाँडः

  • संघीय विधायिकी अधिकारः धारा ८३ देखि १०८ सम्म,
  • संघीय कार्यकारिणी अधिकारः धारा ७५

– शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा मन्त्रिपरिषदमा निहित,

  • न्यायिक अधिकारः धारा १२६ मा नेपालको न्याय सम्बन्धी अधिकार संविधान, कानून र न्यायका मान्य सिद्धान्त अनुसार अदालत र अन्य न्यायिक निकायबाट सम्पादन गरिने व्यवस्था ।

शक्ति पृथकीकरण (Power Separation):

  • एउटै निकाय वा व्यक्तिमा शक्ति केन्द्रित गरिनु हुँदैन भन्ने राजनीतिक सिद्धान्त,
  • अधिकार, शक्ति र जिम्मेवारीको विभाजन गर्दै तिनीहरूको उपयोग प्रभावकारी र लोकतान्त्रिक तवरले कसरी गर्ने भन्ने व्यवस्थापकीय अवधारणा,
  • राज्य शक्तिलाई एउटै निकायबाट मात्र प्रयोग नगरी विभिन्न निकायबाट प्रयोग गर्नुपर्ने पद्धति ।

शक्ति पृथकीकरणको अवधारणाः

  • प्रतिपादक फ्रान्सेली दार्शनिक मन्टेस्क्यु,
  • मन्टेस्क्यूको The Spirit of Law, 1748 मा प्रकाशित,

– बेलायतको संबैधानिक क्रियाकलापको अध्ययन गरी सोको आधारमा शक्तिको बाँडफाँड गर्न प्रतिपादन गरिएको,

  • राज्य सञ्चालनका विभिन्न निकायले स्वतन्त्र रूपमा कार्य सम्पादन गर्नुपर्ने मान्यताबाट प्रादुर्भाव,
  • राज्यशक्तिलाई नटुक्रयाई यसको कार्य राज्यका अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा विभाजन गरी स्वतन्त्रतापूर्वक राज्य सञ्चालन गर्ने पद्धति – शक्ति पृथकीकरण ।

शक्ति पृथकीकरणको सिद्धान्त:

  • राज्यशक्ति प्रयोग गर्ने राज्यका प्रत्येक अंग एक अर्काबाट स्वतन्त्र हुनुपर्ने,
  • कुनै एक अंगको काम कारवाहीमा अर्को अंगले हस्तक्षेप गर्न नहुने,
  • कुनै एक अंगले अर्को अंगमाथि नियन्त्रण गर्न नहुने,
  • एउटै व्यक्ति एकभन्दा बढी अंगमा बहाल रहनु नहुने र
  • एक अंगले अर्को अंगको काम गर्न पनि नहुने ।

शक्ति पृथकीकरण सिद्धान्तको मान्यताः

  • व्यवस्थापिका र कार्यपालिकाः जथाभावी कानून बन्ने र प्रयोग गरिने,
  • व्यवस्थापिका र न्यायपालिकाः जथाभावी कानून बन्ने र व्याख्या गर्ने,
  • कार्यपालिका र न्यायपालिकाः जथाभावी शासन गर्ने र सोही अनुसार कानूनको व्याख्या गरी आफ्नो सबै कार्यहरू न्यायपूर्ण भएको सिद्ध गर्ने,
  • व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाः न्याय र स्वतन्त्रताको लोप हुन जान्छ र निरंकुश तथा स्वेच्छाचारी शासन व्यवस्थाको स्थापना हुने ।

शक्ति नियन्त्रण र सन्तुलन:

  • प्रतिपादक-जोन एडम्स,
  • शक्ति पृथकीकरणको परिपूरक सिद्धान्त,
  • शक्ति पृथकीकरणलाई कार्यमूलक (Functional) बनाउने सिद्धान्त,
  • राज्यका प्रत्येक अंगहरु एक अर्काबाट स्वतन्त्र हुनुपर्ने मान्यता,
  • स्वेच्छाचारिता विरोधी मत,
  • राज्यका अंगहरुबीच आपसी सम्बन्ध, समन्वय, सहयोग, सन्तुलन, अन्तरनिर्भरता र नियन्त्रण (४ स अनि) कायम गर्ने पद्धति ।

शक्ति नियन्त्रण र सन्तुलनको सिद्धान्तः

  • कुनैपनि अंग स्वेच्छाचारी बन्ने स्थिति हुनुहुँदैन भन्ने मान्यता,
  • शक्ति पृथकीकरणलाई बढी व्यवहारिक र सहज बनाउन ल्याइएको,
  • संबैधानिक सीमाभन्दा बाहिर गएर कुनैपनि अङ्गद्वारा राज्य शक्तिको प्रयोग भएमा त्यसलाई अर्को अंगले नियन्त्रणमा राखी राज्यका अङ्गहरूबीच सन्तुलन कायम राख्नुपर्छ भन्ने अवधारणा ।

नेपालको संविधानमा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको व्यवस्थाः

  • कानून निर्माण गर्न व्यवस्थापिका,

– कानून कार्यान्वयन गर्न कार्यपालिका (सरकार) र

– कानून परीक्षण गर्न न्यायपालिकाको व्यवस्था,

  • एक अंगले अर्को अंगको काममा प्रत्यक्ष हस्तक्षेप गर्न नपाउने प्रावधान,
  • संघीय कार्यपालिका वा संघीय व्यवस्थापिकाको सदस्य र अन्य अंगको सदस्य न्यायपालिकामा न्यायधीश बन्न नपाउने व्यवस्था ।

शक्ति सन्तुलन र नियन्त्रणको व्यवस्थाः

  • व्यवस्थापिकाले बनाएको कानून न्यायपालिकाले बदर गर्नसक्ने,
  • संसद सदस्य प्रधानमन्त्री र मन्त्री बन्न सक्ने,
  • अदालतले दिएको सजायलाई राष्ट्रपतिले माफी, मुल्तवी र कम गर्नसक्ने,
  • न्यायपालिकाले सरकारका नाममा आदेश निर्देशन जारी गर्नसक्ने,
  • न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाई हुने र
  • संबैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट प्रधानन्यायधीशको नियुक्त हुने व्यवस्था ।

सरकारका अंगहरुबीच शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनः

  • व्यवस्थापिकाले कार्यपालिकाउपर गर्ने नियन्त्रणः

– मन्त्रिपरिषद व्यवस्थापिका संसद्प्रति उत्तरदायी हुनुपर्ने, धारा २७६, (१०),

– सामान्य बहुमतबाट प्रधानमन्त्री उपर अविश्वासको प्रस्ताव पारित गर्न सकिने (धारा १००),

– सन्धि सम्झौता व्यवस्थापिकाबाट पारित गर्नुपर्ने (धारा २७९),

– संसदीय सुनुवाईपछि मात्र सरकारले सिफारिस गरेको पदाधिकारी नियुक्त हुने (धारा २९२),

– सङ्कटकालीन घोषणाको अनुमोदन गर्नुकासाथै संबैधानिक अङ्गका प्रतिवेदनमा व्यवस्थापिका संसदमा छलफल गरिने ।

  • कार्यपालिकाले व्यवस्थापिकाउपर गर्ने नियन्त्रणः

– राष्ट्रपतिद्वारा संसद् अधिवेशनको आह्वान र अन्त्य (धारा ९३),

– राष्ट्रपतिले सरकारी नीति, कार्यक्रम र विभिन्न अध्यादेश जारी गर्ने (धारा ११४),

– सुरक्षा सम्बन्धी विधेयक सरकारले (कार्यपालिका) मात्र पास गर्न पाउने (धारा ११०) ।

  • व्यवस्थापिकाले न्यायपालिकाउपर गर्ने नियन्त्रणः

– व्यवस्थापिका संसदले महाअभियोग लगाउन सक्ने (धारा १०१),

– सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनउपर व्यवस्थापिकामा छलफल गरिने (धारा १३८),

– प्रधानन्यायाधीशको नियुक्तिपूर्व संसदीय सुनुवाई गर्ने (धारा २९२) ।

  • न्यायपालिकाले कार्यपालिकाउपर गर्ने नियन्त्रणः

– संबैधानिक परिषदमा प्रधानन्यायाधीशको संलग्नता (धारा २८४),

– कार्यपालिकाको कामको न्यायिक पुनरावलोकन हुने,

– विभिन्न रिट जारी गर्ने,

– अदालतबाट भएको फैसला सबैले मान्नुपर्ने बाध्यकारी व्यवस्था ।

  • न्यायपालिकाले व्यवस्थापिकाउपर गर्ने नियन्त्रणः

– न्यायिक पुनरावलोकनमार्फत संबैधानिकताको परीक्षण गर्ने,

– अदालतमा विचाराधीन मुद्दामा संसद्मा छलफल गर्न नपाइने,

– नजीर प्रतिपादन गरेर प्रभाव पार्नसक्ने,

– रिट निवेदनमा अदालतले विभिन्न आदेशहरु जारी गर्ने ।

  • कार्यपालिकाले न्यायपालिकाउपर गर्ने नियन्त्रणः

– संबैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने,

– न्यायापालिका सम्बन्धी विभिन्न नीति निर्माण गरेर प्रभावित पार्नसक्ने,

– फैसलाले लागेको दण्ड सजाय मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी/ आममाफी हुने।

Get 30% off your first purchase

X